ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आन्तरिक पर्यटकलाई लक्षित गर्दै होटल क्राउन हिमालयको दसैं प्याकेज 

२०७७ असोज, ३०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज ३०, काठमाडौं  । पोखरास्थित होटल क्राउन हिमालयले आन्तरिक पर्यटकलाई लक्षित  गरी ‘यो दसैं पोखरामा’ नामक प्याकेज ल्याएको छ । 

प्याकेजअन्तर्गत पाहुनाले तीन ओटा विशेष सेवा लिन सक्ने होटलका निर्देशक आग्रह अर्यालले बताए । रू.१५ हजारको प्याकेजमा पाहुनाले होटलमा तीन दिनका लागि बेड, ब्रेकफास्टको सेवा लिन सक्नेछन् ।

‘अहिलेको अवस्थामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भिन्न किसिमको आकर्षक प्याकेज सार्वजनिक गरेका छौं । दसैंमा पोखरामा पर्यटकको चहलपहल क्रमिक रूपमा बढ्दै जाने आशा लिएका छौं,’ उनले भने । 

दुई जनाका लागि बनाइएको यो प्याकेज अन्तर्गत पाहुनाले तीन रातमध्ये एक दिन लन्च र बारबिक्यु सहितको डिनरको सेवा लिन सक्ने अर्यालयको भनाइ छ । 
प्याकेजमा एयरपोर्ट– होटल पिकअप ड्रप, सराङकोट, पिस प्यागोडा लगायतका गन्तब्यमा भ्रमण गर्न सक्नेछन् ।

यो प्याकेज नोभेम्बर १५ सम्म लागू हुनेछ । होटलका अनुसार यो अफर प्याकेज खरीद गर्ने पाहुनाले थप एक दिनको लागि निःशुल्क रुमको सेवा लिन सक्नेछन् । प्याकेज अन्तर्गत फूड एण्ड वेभरेजमा १० प्रतिशत र स्पामा १५ प्रतिशत छूट दिइएको छ । 

स्वास्थ्य सतर्कता अपनाउँदै पर्यटकलाई सुरक्षित रुपमा सेवा प्रदान गर्ने गरी तयारी गरिएको होटलको भनाइ छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्