ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सयपत्री हाइड्रोपावरको साधारण सभा कात्तिक २१ गते हुँदै

२०७७ असोज, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ३०, काठमाडौं ।  सयपत्री हाइड्रोपावरको चौथो वार्षिक साधारण सभा कात्तिक २१ गते कम्पनीको रजिष्टर्ड कार्यालय चावहिल, काठमाडौंमा हुने भएको छ ।

कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा दिउँसो १ बजे हुने कम्पनीले जानकारी दिएको छ ।
साधारण सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने रहेको छ ।

साथै आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि ३ लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले बोर्डबाट आईपीओ निष्कासन गर्ने स्वीकृती पाएपछि बागलुङ जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि आईपीओ निष्कासन गर्नेछ । स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन पछि उक्त कम्पनीले सर्वसाधारणकोलागि आईपीओ निष्कासन गर्नेछ । 

कम्पनीले आईपीओ निष्कासन गर्नको लागि केयर रेटिङ नेपालमा रेटिङ गराएको  छ । कम्पनीले निष्कासन गर्ने आईपीओलाई ग्रेड ५ रेटिङ प्रदान गरेको छ । 
 ग्रेड ५ रेटिङले कम्पनीको आधारभुत पक्ष कमजोर रहेको देखाउँछ ।

कम्पनीले बागलुङ जिल्लामा २  दशमलव ५ मेगावाटको धर्मखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्