ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुग्यो

२०७७ असोज, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज ३०, काठमाडौं । नेपालमा शुक्रवार थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रवारसम्ममा सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८८ हजार ४०जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ७१५ जनाको मृत्यु पुष्टि भएको छ ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ४ हजार ८०८ जना रहेका छन् । विगत २४ घण्टामा ३ हजार ५२२ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । 

मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ३७ हजार ३८२ जना रहेका छन् । मन्त्रालयका अनुसार हाल संस्थागत आईसोलेशनमा १२ हजार ३३६ जना र होम आईसोलेशनमा २५ हजार ४६ जना रहेका छन् । त्यस्तै हालसम्म १२ लाख ५४ हजार १६७ ओटा पीसीआर परीक्षण भइसकेको छ । गत २४ घण्टामा १६ हजार ५३१ ओटा पीसीआर परीक्षण भएको छ ।

विगत २४ घण्टामा थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना मात्रै काठमाडौं उपत्यकाका रहेका छन् । प्रवक्ता गौतमका अनुसार विगत २४ घण्टामा काठमाडौं  जिल्लाका १ हजार ७८४ जना, ललितपुर जिल्लाका ३७४ जना र भक्तपुर जिल्लाका २४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्