ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मोरङका उद्योगीको ध्यानाकर्षण स्वास्थ्य मन्त्रीलाई, बेलैमा सावधानी अपनाउन आग्रह

२०७७ असोज, ३०  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

असोज ३०, विराटनगर । कोरोना महामारीको कारण दिनप्रतिदिन जनजीवन प्रभावित भएको भन्दै भयाबह अवस्था आउन नदिन बेलैमा उचित कदम चाल्न यहाँका उद्योगी तथा व्यापारीका दुई ओटा संस्था उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा स्वास्थ्य मन्त्रीलाई पत्राचार गर्दै ध्यानाकर्षण गराएका छन् ।

ती संस्थाहरुले प्रदेश नं १ मा दिनहुँ कोरोना संक्रिमित र मृतकको संख्या बढीरहेको र अस्पतालमा शय्याको अभाव भएकाले तत्काल संविधान प्रद्धत्त मौलिक अधिकारको संरक्षण गर्दै अस्पतालाई दिईएको शय्या सुविधा दोब्बर गर्न पनि आग्रह गरेका छन् ।

अस्पतालमा शय्याको अभाव हुँदा विरामीले उपचारनै नपाई मर्नुपर्ने अवस्था आएको जानकारी गराउँदै पत्रमा तत्काल त्यसको समाधानका लागि पहल गर्न आग्रह गरिएको छ । 

प्रदेश नं १ मा रहेका मेडिकल कलेजहरुलाई १०० ओटा बेड, नर्सिङहोमहरुलाई ५० ओटा बेड र प्रदेश सरकारले प्रतिबद्धता जनाएको १ हजार बेडको कोभिड अस्पताल निर्माणका लागि आवश्यक पहल गर्न समेत उनीहरुले आग्रह गरेका छन् ।

प्रदेश नं  १ मा हालसम्म १२ हजार ७०० जना संक्रमित छन् । कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या १२५ रहेको छ । शुक्रवार मात्रै प्रदेश नं १ मा ४६८ जना कोरोना संक्रमित भेटिएका छन् । 

उद्योग संगठनका अध्यक्ष भिम घिमिरे र मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले संयुक्त रुपमा जारी गरेको ध्यानाकर्षणपत्र ईमेल मार्फत स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पठाएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्