ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्थगित भयो माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारण सभा

२०७७ कार्तिक, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १, काठमाडौं । माछापुच्छ्रे बैंकको बिहीवारका लागि तय गरिएको २२ औं वार्षिक साधारण सभा स्थगित भएको छ ।

कम्पनीको गत शुक्रवार बसेको  सञ्चालक समितिको ४३२ औं  बैठकले सभा स्थगित गर्ने निर्णय गरेको हो ।

कम्पनीले कोरोना संक्रमण बढेको र आसन्न चाडपर्वको कारण शेयरधनीलाई साधारण सभामा भाग लिन कठिनाई हुने भन्दै आगामी बिहीवार पोखरामा गर्ने भनी तय भएको साधारण सभा स्थगित गरिएको सूचनामार्फत बताएको छ ।

कम्पनीले गत आवको मुनाफाबाट १० दशमलव ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  

यो पनि हेर्नुस् :

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, १०.४० % लाभांश वितरण गर्ने प्रस्ताव

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्