ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सप्तकोशी सिमेन्टले वडादसैंमा डिलर र सव–डिलरलाई उपहार वितरण गर्दै

२०७७ कार्तिक, १  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १, विराटनगर । सप्तकोशी सिमेन्ट मुख्य वितरक अम्बे ट्रेडिङ इटहरीले बडादसैंको अवसरमा आफ्ना सव– डिलरहरुलाई उपहार तथा शुभकामना प्रदान गरेको छ । 

प्रदेश नं १ र २ मा सर्वाधिक विक्री भइरहेको सप्तकोशी सिमेन्ट प्रालिको उत्पादन सप्तकोशी सिमेन्टका आधिकारीक वितरक अम्बे ट्रेडिङका सञ्चालक सन्देश घिमिरेका अनुसार कोभिडको महामारीका बीच आएको बडादसैंमा सब–डिलरहरुको मनोबल उच्च बनाउन उपहार तथा शुभकामना आदान प्रदान कार्यक्रम शुरु गरिएको हो । 

सुनसरी र मोरङका सव– डिलरहरुलाई अहिले उपहार तथा वडादसैंको शुभकामना आदान प्रदान गर्ने कार्यक्रम चलिरहेको उनले बताए ।
 
मोरङको कटहरीमा रहेको उद्योगबाट उत्पादीत सिमेन्ट प्रदेश नं १ र २ का बजारमा बढी खपत रहेको कम्पनीका कोशी शेल्स मैनेजर विवेक शर्माले बताए । 
सुनसरी सेल्स अफिसर विनोद खनालले कम्पनीले क्लोज सर्किट प्रविधिबाट उत्पादीत ओपीसी र पीपीसी दुवै सिमेन्टको माग निकै राम्रो भएको बताए ।

कम्पनीले डिलर र सव– डिलहरुसँग प्रत्यक्ष सम्पर्क स्थापित गरि सिमेन्टको विक्री र ग्राहकको सन्तुष्टिबारे जानकारी समेत लिने गरिएको बताएको छ ।    

दैनिक १५ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको उद्योगले ग्रहकको सन्तुष्टिलाई नै पहिलो प्राथमिकतामा राखेको सिमेन्ट कम्पनीका निर्देशक आषिश गोयलले बताए । 

दुई दशकदेखि निरन्तर उत्पादनमा लागि रहेको यो उद्योग मुलुकको पूर्वीक्षेत्रकै गौरवको रुपमा आम उपभोक्ताले लिएकोमा आफुहरु गौरवान्वित रहेको पनि उनले बताए । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्