ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा सक्रिय संक्रमितको संख्या ८ लाखभन्दा कम  

२०७७ कार्तिक, १  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक १, नयाँदिल्ली  । भारतमा अझै पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या अहिले ८ लाखभन्दा कम भएको छ । पहिला –पहिला नौ, १० लाख संक्रमितहरु रहने गरेकोमा अहिले घटेर ८ लाखभन्दा कम भएको अधिकारीहरुले बताएका छन् ।     
     
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिवार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता संक्रमित अवस्थामै रहेकाहरुको यो संख्या अहिलेसम्मकै कम हो । भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्या पछिल्लो समयमा लगातार बढ्दै गएकोमा अहिले ८ लाखभन्दा कम भएको हो, मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ ।     
     
मन्त्रालयका अनुसार अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या ७  लाख ९५ हजार ५३ रहेको छ । ती मध्ये ६६ हजारभन्दा बढी पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका हुन् । योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या ७४ लाख ३२ हजार ६८१ पुगेको छ ।     
     
भारतमा कोरोनाका कारण अहिलेसम्म कुल १ लाख १२ हजार ९९८ जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ । ती मध्ये ८३७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । कोरोनाबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरुको संख्या भने भारतमा अहिलेसम्म ६५ लाख २४ हजार ५९५ रहेको छ ।  रासस/ एएनआई
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्