ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुग्यो

२०७७ कार्तिक, १  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १, काठमाडौं । नेपालमा शनिवार थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शनिवारसम्ममा सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८९ हजार ८४०जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ७२७ जनाको मृत्यु पुष्टि भएको छ ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ४ हजार ७१५ जना रहेका छन् । विगत २४ घण्टामा १ हजार ८०० जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । 

मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ३८ हजार ७३७ जना रहेका छन् ।  त्यस्तै हालसम्म १२ लाख ६९ हजार ६०५ ओटा पीसीआर परीक्षण भइसकेको छ । 

मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये २९० जना सघन उपचार कक्षमा र ६६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

शनिवार पुष्टि भएका संक्रमितमध्ये १ हजार ७४६ जना काठमाडौं उपत्यकाका रहेका छन् । विगत २४ घण्टामा काठमाडौं जिल्लाका १ हजार ४५१ जना, ललितपुर जिल्लाका १५२ जना र भक्तपुर जिल्लाका १४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्