ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

४० मेवा क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास         

२०७७ कार्तिक, १  
सुदूरपश्चिम प्रदेश
Image Not Found
४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना निर्माणका लागि प्राविधिक सर्वे गर्दै गरेको फाइल फोटो

कात्तिक १, दार्चुला । ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ ।

मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले शनिवार संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।
     
 उक्त आयोजना निजी क्षेत्रबाट निर्माण हुन लागेको सुदूरपश्चिमकै ठूलो आयोजना हो । २० महीनाभित्र निर्माण सक्ने लक्ष्यसहित आयोजनाको शिलान्यास गरिएको कम्पनीका सञ्चालक त्रितालले बताए । आयोजनाको कुल लागत रू.७ अर्ब ४० करोड छ ।     
     
 सो आयोजनामा छ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । हिमालयन बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकले रू. ५ अर्ब १८ करोड लगानी गरेका छन् ।

सञ्चालक त्रितालका अनुसार बैंक तथा वित्तीय संस्थाले गर्ने ऋण लगानी कूल लागतको ७० प्रतिशत हो । ३० प्रतिशत (रू.२ अर्ब २२ करोड) स्वपूँजी लगानी हुने बताइएको छ ।     
     
 शिलान्याससँगै आयोजनाको संरचना निर्माणको काम शुरु गरिएको छ । २०५ मिटर हेड (उचाइ) रहेको सो आयोजनाका लागि ३ दशमलव २ मिटर व्यास (डायमिटर) को करीब छ किलोमिटर पाइपलाइन निर्माण हुनेछ । अपी हिमाल गाउँपालिका–५ ओखलमा बाँध बाँधेर पाइपलाइनमार्फत ल्याइएको पानी मार्मा गाउँपालिका–२ घट्टेगाडमा निर्माण हुने विद्युत् गृहमा खसालिनेछ ।     
     
 आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको बलाँचस्थित १३२ केभी सबस्टेसनमा जोडिनेछ । सो आयोजना प्राधिकरणले निर्माण गरेको ३० मेगावाट क्षमताको चमेलियाभन्दा करीब १३ किलोमिटर माथि पर्छ । बलाँच सबस्टेसन चालू अवस्थामा रहेकाले विद्युत् जोड्न कुनै समस्या नहुने त्रितालले बताए । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।     
     
 कम्पनीले यसअघि ८ दशमलव ५ मेगावाट क्षमताको नौगाड र आठ मेगावाट क्षमताको माथिल्लो नौगाड आयोजनाको निर्माण गरी प्रसारण प्रणालीमा जोडिसकेको छ । अपर चमेलियाको निर्माणपछि कम्पनीले लगानी गरेका आयोजनाको क्षमता ५६ दशमलव ५ मेगावाट पुग्नेछ ।     
     
 सो अवसरमा गाउँपालिका अध्यक्ष धामीले आयोजना निर्माणमा कुनै व्यवधान आउन नदिइने प्रतिबद्धता व्यक्त गरे । ‘आयोजना निर्माणमा कुनै समस्या हुन दिइने छैन’ उनले भने’, ‘आयोजना सञ्चालन भएपछि यहाँका नागरिकले प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी पाउँछन् । आयोजना निर्माणमा पूर्ण सहयोग पु¥याउँछौं ।’ रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्