ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पर्साको श्रीगणेश अपार्टमेन्टमा प्रहरीको छापा, २३ किलो सुन बरामद 

२०७७ कार्तिक, १  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १, वीरगञ्ज  । पर्सामा प्रहरीले शनिवार अपरान्ह करीब २३ किलोग्राम सुन बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ स्थित श्रीगणेश अपार्टमेन्टबाट २२ किलो ५७६ ग्राम सुन र सुन तथा चाँदीको गहनासमेत बरामद भएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिइन् । 

‘अपार्टमेन्टको तेस्रो तलामा रहेको ३०३ नम्बर फ्लाटमा सुन र चाँदी लुकाइएको सूचनाका आधारमा गएको प्रहरीको खानतलासी टोलीले सुन र चाँदी बरामद गरेको हो,’ प्रहरी उपरिक्षक पन्तले भनिन्, ‘यसबारेमा थप अनुसन्धान भइरहेको छ ।’ 

अपार्टमेन्टको सो फ्लाटमा भारत पूर्वी चम्पारण हरैयाका अशोक सिन्हा बस्दै आएको प्रहरीले बताएको छ । प्रहरीले स्थानीय बासिन्दाको रोहवरमा खानतलासी लिएको थियो । 

प्रहरीले सुनका १ केजीका १३ ओटा र अन्य आकारका ५६ ओटा गरी २२ किलो ५७६ ग्राम सुन बरामद भएको बताएको छ । सुनका गरगहना ६८१ ग्राम र चाँदीका गहना र भाडा २ किलो २६२ ग्राम फेला परेको पनि जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्