ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ईयूसँगको व्यापार सम्झौता सकियो : बेलायत 

२०७७ कार्तिक, १  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक १, लन्डन (बेलायत) । यूरोपेली संघ (ईयू) सँगको ब्रेक्जिटपछिको व्यापार सम्झौताबारे भइरहेको वार्ता सकिएको बेलायतले बताएको छ । 

साझेदारीको विस्तृत कानूनी पक्षबारे छलफलका लागि ईयू तयार नभएसम्म आगामी हप्ता वार्तालाई निरन्तरता दिनुको कुनै अर्थ नरहेको प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिटले बताएको हो । 

सोमवार हुने भनिएको वार्ताको लागि अहिले कुनै आधार नभएको भनेर ईयूका समकक्षी माइकल ब्रानियरलाई बेलायतका प्रमुख वार्ताकार लर्ड फ्रष्टले भनेका छन् । 
आगामी हप्ता दुबै पक्षले फोनमा भने वार्ता गर्ने सहमति गरेको बताइएको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्