ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोभिड–१९ का बिरामीमा रेम्डेसिभिर देखिएन खासै प्रभावकारी 

२०७७ कार्तिक, १  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक १, जेनेभा (स्वीटजरल्याण्ड) । कोभिड–१९ का बिरामीको उपचारमा प्रयोगका लागि विश्वका कयौं देशहरुले अनुमति दिएको रेम्डेसिभिर नामक औषधि सो रोगको उपचारमा खासै धेरै प्रभावकारी देखिएको छैन । 

औषधिको प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको फाइनान्सियल टाइम्समा प्रकाशित विवरणमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बताएको हो । 

परीक्षणमा अस्पतालमा भर्ना भएका ११ हजार जना बिरामीमा रेम्डेसिभिर, हाइड्रोक्सीक्लोरोक्वाइन, लोपिनाभिर/ रिटोलाभिर र इन्टरफेरनको प्रयोग गरिएको थियो । यसले अहिले उपलब्ध औषधिहरूको प्रयोग गरेर कोभिड–१९ का बिरामीको उपचारमा हुने आशामा धक्का लागेको छ । परीक्षणमा औषधिहरुले ती बिरामीको जीवित दरमा थोरै वा नगण्य प्रभाव पारेको डब्ल्यूएचओको भनाइ छ । 

रेम्डेसिभिर औषधि निर्माता कम्पनी गिलियाड साइन्सेसले भने परीक्षणको आँकडा मिल्दो नदेखिएको बताएको छ ।  अमेरिका, रुस, भारत, जापान लगायत कयौं देशहरुले रेम्देसिभिरलाई कोभिड–१९ का बिरामीमा प्रयोगको अनुमति दिएको छ ।  एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्