ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बियर मूल्य पनि बियरिस र बुलिस

२०७७ कार्तिक, २  
१० वर्ष अघि
NA

एक पिन्ट अथवा लिटरजति बियरको मूल्य कति पर्ला ? यसको निक्र्योल बजारले गर्नेछ । अमेरिकाको म्यानहटनमा यही अप्रिल १ तरिखदेखि सञ्चालनमा आएको ‘दी एक्सचेन्ज बार एन्डग्रिल’ नामको नयाँ रेस्टुरेन्टका सञ्चालकहरुको भनाइ छ । उक्त रेस्टुरेन्टमा खाद्य र पेय पदार्थको मूल्य सेयरको भाउजस्तै गरी माग अनुसार तलमाथि भइरहन्छ । त्यसलाई रातो अक्षरमा फ्ल्यास बोर्डमा देखाइनेछ ।

खाना तथा पेयको लोकप्रियामुताबिक तिनको मूल्य मेन्यूमा परिवर्तन भइरहन्छ । एक गिलास गिनेस बियरको मूल्य ६ डलरबाट सुरु हुन्छ र त्यो बढेर ८ पुग्न सक्छ, ४ डलरमा ओर्लन पनि सक्छ र अत्यन्तै बढी माग भएका कुनै पनि पेयको मूल्य निकै बढ्न सक्छ र नतिजामा अन्य पेयहरुको मूल्य तल झर्न सक्छ । एकपटकमा २५ सेन्टदेखि मूल्य अधिकतम ८ डलरसम्म भाउ घटबढ हुन सक्छ ।

‘स्टक एक्सचेन्जमा जस्तै भाउ तलमाथिको एउटा प्रचार शैली हो तर हामी आशा गर्छौं पेय पदार्थको राम्रो व्यापार र स्वादिलो  ह्याम्बर्गरले ग्राहकको मन जित्नेछ ।’ रेस्टुरेन्ट सञ्चालकहरू लेभेन्ट काकार र डायोमान बेडड भन्छन्,

‘निश्चय पनि यो अलिफरक कुरा हो । यसमा केही नयाँ प्रयोग भएको छ ।’ सो रेस्टुरेन्टमा लामो बारटेबुललाई मूल्य घटबढ भएका देखिने फ्ल्यास बोर्ड र फ्याट स्क्रिन टेलिभजन देखिने गरी राखिएको छ ।

जर्ज टाउन विश्वविद्यालयबाट एमबीए उत्तीर्ण सञ्चालहरुले खुल्ला हावा बग्ने स्थानमा ६० जना ग्राहक अट्न सक्ने क्षमतामा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

वर्ष ५, अंक ३३, २०६७, वैशाख ६–१२

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्