ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

द ब्रिटिस कलेजले पार्टनरसिप गर्दै आएका विश्वविद्यालय शीर्ष २० मा

२०७७ कार्तिक, २  
बजार
NA

काठमाडौं (अस) । द ब्रिटिस कलेजले पार्टनरसिप गर्दै आइरहेका विश्वविद्यालय बेस्ट अफ इंग्ल्यान्ड (यूडब्ल्यूई) युकेमा रहेका विश्वविद्यालयमध्ये शीर्ष ३० भित्र पर्न सफल भएको छ ।

युकेमा १ सयभन्दा बढी विश्वविद्यालय रहेका छन् । पछिल्लो सर्वेक्षणअनुसार यूडब्ल्यूई रोजगारी पाउने विश्वविद्यालयको शीर्ष २० औं स्थानमा रहेको छ ।

यो सर्भे उच्च शिक्षा तथ्यांक एजेन्सी (हिसा) ले सार्वजनिक गरेको हो । हिसाले प्रत्येक वर्ष विश्वविद्यालयबारे सर्वेक्षण गर्दै आएको छ ।

सर्वेअनुसार यो विश्वविद्यालयबाट उत्तीर्ण भएको १४ महिनाभित्र ९२ प्रतिशत विद्यार्थीले रोजगारी पाउँदै आएका छन् । यो वार्षिक सामाजिक सर्वेक्षणले यो पुष्टि गरेको छ कि साउथ वेस्टमा युडब्ल्युईमा अध्ययनरत विद्यार्थीले ग्र्याजयुटपछि रोजगारी अवसर पाउनेमा यो विश्वविद्यालय शीर्ष स्थानमा रहेको छ ।  युकेभर १८ औं स्थानमा रहेको छ । युडब्ल्यूईस“ग द ब्रिटिस कलेजको आठ वर्षदेखि साझेदारी रह“दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्