ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

होन्डा सिबीआर ६०० आरआर बजारमा

२०७७ कार्तिक, २  
बजार
Image Not Found

काठमाडौं ( अस) ।  नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालि ले होन्डा सिबीआर ६०० आरआरलाई नेपाली बजारमा भित्र्याएको छ । स्पोर्टस् बाइकिङका लागि उपयुक्त भए पनि यो बाइकको लुक्स् र फिचरले सबैलाई आकर्षित गर्ने अपेक्षा कम्पनीको छ । ४ सिलिन्डर लिक्विड कुल इन्जिन रहेको यो सिबीआर ६०० आरआर मा ५९९ सिसीको इन्जिन रहेको छ । ६६ एनएम टर्क र १२० हर्षपावरको यो बाइकलाई ० देखि १०० किमि प्रतिघन्टा पुग्नलाई मात्र ३.१ सेकेन्ड लाग्नेछ । ६ स्पिड गेयर बक्स रहेको बाइकको टप स्पिड २५० किमि प्रतिघन्टा रहेको छ । बाइकको मूल्य  ३४ लाख ५० हजार रुपैयाँ पर्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्