ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनसेलमा नारी लक्षित ‘गो सिम’ योजना

२०७७ कार्तिक, २  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनीले एनसेलले महिलाका लागि ‘अघि बढांै’ थिममा रहेर ‘गो सिम’ योजना ल्याएको छ । आकर्षक बन्डल सेवा, हरेक रिचार्जमा बोनस, आपलकालीन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा, निश्चित नम्बरमा निःशुल्क कल सेवालगायत थुप्रै सुविधा भएको यो सिम महिलाका लागि मात्र ल्याइएको हो ।

सिम ग्राहकले कात्तिक १ देखि नजिकैको एनसेल सेन्टर वा देशभर रहेका एनसेलका आधिकारिक खुद्रा बिक्रेताबाट सजिलै ९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । गो सिमको खरिदसँगै ग्राहकले २० रुपैयाँ मेन ब्यालेन्स, सात दिनको समयसीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस प्राप्त गर्नेछन् ।

साथै, ग्राहकले गो सिममार्फत दामी म्युजिक तथा हंगामा म्युजिक प्रो ३० दिनसम्मका लागि निःशुल्क सुचारु गर्न सक्छन् । ग्राहकले यो सिम सुचारु भएको अर्को दिनको मध्यरातीसम्म गरेको पहिलो १०० वा सोभन्दा बढिको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा बोनसस्वरुप प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

‘महिला लक्षित प्याकमा बन्डल सेवादेखि आपतकालीन अवस्थाका लागि सञ्चार सेवा, सुरक्षाका लागि एसएमएस सेवा र महिलाका क्षेत्रमा काम गर्ने संस्थाहरूमा निःशुल्क कल सेवाजस्ता थुप्रै सुविधा योजनामा रहेका छन् । यसले महिलालाई सञ्चार सेवा सुनिश्चित गर्ने मात्र नभई यसमा उपलब्ध सेवा–सुविधा तथा सुरक्षाको हिसाबले समेटिएको विशेषताले महिला सशक्तीकरणमा सहयोग पु¥याउने विश्वास छ’, एनसेल आजियाटाका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने ।

गो सिमअन्तर्गत ग्राहकले सिम खरिद गरेको दिनदेखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्नेछन् । प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ र ग्राहकले यसबाट अन नेट कल गर्न, डेटा चलाउन तथा एसएमएस पठाउन प्रयोग गर्न सक्नेछन् ।

साथै, सिम लिने ग्राहकका लागि अपलकालीन सञ्चार सेवाका लागि विशेष सुविधा रहेको छ । यसअन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएको अवस्थामा लाग्ने शुल्क पछि तिर्ने गरी १० मिनेट अन नेट टक टाइम तथा १० वटा एसएमएस आपतकालीन सञ्चार सेवाका रुपमा सजिलै लिन सक्नेछन् । ग्राहकले आफ्नो सिम रिचार्ज गरेपछि यस सेवा वापतको कर सहित रु १० मेन ब्यालेन्सबाट काटिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्