ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईसी एसिया बैंकको दसैं सामाजिक उत्तरदायी योजना

२०७७ कार्तिक, २  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं । एनआईसी एसिया बैंकले दसैं अवसरमा ‘सेलिब्रेट फर कज’ नामक सामाजिक उत्तरदायी योजना ल्याएको छ ।

योजनाअनुसार बैंकले मोबाइल बैंकिङबाट क्यूआर, युटिलिटी तथा मर्चेन्ट भुक्तानी गरी हुने प्रत्येक कारोबारमा बैंकका तर्फबाट १ रुपैयाँका दरले सामाजिक उत्तरदायित्वका लागि योगदान गर्नेछ ।

ग्राहकको चाडपर्व उल्लासमय बनाउने उद्देश्यले बैंकले ‘डिजिटल उत्सव’ योजना डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न ब्रान्ड तथा स्टोरमा डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक छुट तथा नगद फिर्ता योजना ल्याएकामा बैंकले सोही योजनाअन्तर्गत सामाजिक परोपकारी भावनालाई गतिशील रुपमा अगाडि बढाउन सेलिब्रेट फर केज योजनासमेत ‘डिजिटल उत्सव’ मा समावेश गरी ल्याएको हो ।

बैंकका अनुसार मोबाइल बैंकिङ प्रयोगकर्ताले १ कात्तिक देखि १० कात्तिक ०७७ सम्म गर्ने  डिजिटल भुक्तानीलाई यस योजनामा समावेश गरिनेछ । कोरोना महामारीका कारण मुलुकका उद्योग, कलकारखाना, विकास निर्माण, बैंक तथा वित्तीय संस्थालगायतका क्षेत्रमा असर पारिरहेको अवस्थाबीच बैंकले यो अभियानमार्फत १० दिनसम्म संकलन भएको रकम कोरोना महामारीबाट गम्भीर असर भोगिरहेका वृद्धाश्रम, बालगृहजस्ता सामाजिक संस्थालाई प्रदान गर्नेछ ।

मोबाइल बैंकिङबाट गरिने भुक्तानी लोकप्रिय बनेसँगै ठूलो जनसंख्यालाई डिजिटल कारोबारमा आकर्षित गर्न यो योजनालाई अगाडि लैजाने सोच रहेको बैंकले बताएको छ । यस अभियानबाट सामाजिक संस्थाहरूको हितको रक्षा मात्र नभई अप्ठेरोमा परेका नागरिकलाई भरोसा मिल्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल मोबाइल बैंकिङबाट देशभरका १ लाख ५० हजारभन्दा बढी मर्चेन्टमा क्यूआर भुक्तानी एवं विद्युत् महसुल, खानेपानी, टेलिफोन, इन्टरनेट, केबुल, मोबाइल रिचार्ज, हवाई तथा बस टिकटको शुल्क भुक्तानी तथा रकम स्थानान्तरण जुनसुकै स्थानबाट जुनसुकै समयमा गर्न सकिने सुविधा रहेको जनाएको छ ।  

बैंकका हाल मुलुकभर ३ सय २७ शाखा, ४ सय ६९ एटिएम, १ सय २ वटा एक्स्टेन्सन काउन्टर एवं ७० शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्