ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वीरगञ्जमा अपार्टमेन्टबाट २३ किलो सुन बरामद

२०७७ कार्तिक, २  
प्रदेश ०२
Image Not Found

वीरगञ्ज (अस) । पर्सामा प्रहरीले शनिवार अपराह्न करीब २३ किलोग्राम सुन बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ स्थित श्रीगणेश एपार्टमेन्टबाट २२ किलो ५७६ ग्राम सुन र सुन तथा चाँदीको गहनासमेत बरामद भएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

‘अपार्टमेन्टको तेस्रो तलामा रहेको ३०३ नम्बर फ्ल्याटमा सुन र चाँदी लुकाइएको सूचनाका आधारमा गएको प्रहरीको खानतलासी टोलीले सुन र चाँदी बरामद गरेको हो,’ प्रहरी उपरीक्षक पन्तले भनिन्, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’ अपार्टमेन्टको उक्त फ्ल्याटमा भारत पूर्वी चम्पारण हरैयाका अशोक सिन्हा बस्दै आएको प्रहरीले बताएको छ । प्रहरीले स्थानीय बासिन्दाको रोहवरमा खानतलासी लिएको थियो । प्रहरीले सुनका १ केजीका १३ ओटा र अन्य आकारका ५६ ओटा गरी २२ किलो ५७६ ग्राम सुन बरामद भएको बताएको छ । सुनका गरगहना ६८१ ग्राम र चाँदीका गहना र भाडा २ किलो २६२ ग्राम फेला परेको पनि जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्