ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ङादी आयोजनाको काम धमाधम हुँदै

२०७७ कार्तिक, २  
गण्डकी प्रदेश
Image Not Found

लमजुङ । लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा निर्माणाधीन ङादी जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । ३० मेगावाट क्षमता रहेको सो आयोजना आगामी ६ महीनाभित्र सक्ने लक्ष्यका साथ काम जारी राखिएको छ ।     

चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माण भइरहेको उक्त आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङका अनुसार हालसम्म ९३ प्रतिशतभन्दा बढी निर्माण सकिएको छ । यतिबेला आयोजनाको विद्युत्गृह र बाँधस्थल निर्माण करीब अन्तिम चरणमा पुगेको छ । त्यस्तै आयोजनाबाट साढे ९ किलोमिटर टाढा ट्रान्समिसन लाइन जोड्न निर्माण भइरहेको आयोजनाले बताएको छ । पेनस्टक पाइप लाइनको काम करीब सकिएको छ । इलेक्ट्रोनिक केही काम बाँकी रहेको आयोजनाले बताएको छ । आयोजनामा आवश्यक केही यन्त्र नेपाल भारतका सिमानामा रोकिएकाले निर्माणमा केही समस्या आए पनि केही दिनमा त्यहाँ रोकिएका सामग्री आइपुग्ने आयोजनाले जानकारी दिएको छ । २०७३ चैतदेखि निर्माण थालनी भएको आयोजना ३ वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो ।   

उक्त सम्झौतानुसार गत चैतमा आयोजनाको निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्नुपथ्र्यो । विविध कारणले निर्माणमा ढिलाइ भइरहेका बेला लकडाउनले समेत आयोजनालाई प्रभाव बनाएकाले लम्बिन पुगेको छ । सुरुङसहित ७२५ मिटर पेनस्टक पाइप राखिने आयोजनाले बताएको छ । करीब ६ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् साढे ४ अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरीद सम्झौता (पीपीए) गरेको छ ।    

यसबाहेक जिल्लामा निर्माणाधीन करीब एक दर्जन आयोजनाको निर्माण धमाधम भइरहेको छ । आधा दर्जनभन्दा बढी आयोजनाले निर्माण सम्पन्न गर्दै बिजुलीसमेत उत्पादन गरिसकेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्