ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने

२०७७ कार्तिक, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम ती दुई ओटा कम्पनीबीच शनिवार प्राप्ति गर्ने प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौतामा सिटिजन्स बैंक इन्टरनेसनलको तर्फबाट संचालक तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसनको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरेका छन् ।   

शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन(डीडीए) ले  सिफारिस गरेअनुसार निर्धारण गर्ने सहमति भएको छ । प्राप्ति पश्चात कम्पनीको १६४ ओटा शाखा कार्यालय हुने छन् ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पाएको तिनाउ मिसनको प्रधान कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ ।

विसं २०७७ कात्तिक २ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करीब रू.१ खर्ब १५ अर्ब हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करबि रू.९८ अर्ब हुनेछ ।

प्राप्तिपश्चात कम्पनीको १६४ ओटा शाखा कार्यालय हुनेछन् । हालको सिटिजन्स बैंकको चुक्तापूँजी  रू.९ अर्ब ८ करोड रहेको छ भने तिनाउ मिसन डेभलपमेण्ट बैंकको चुक्तापूँजी रू.१ अर्ब ८१ करोड रहेको छ । शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदनद्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ ।

प्राप्तिपश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिकएवं अन्यक्षमताको अभिवृद्धि भई ग्राहकलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशलतथा सक्षमबनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १११ ओटा शाखा, ९९ ओटा एटीएम र १०४ ओटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करीब साढे ६ लाख ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 
 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्