ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बडादसैंको अवसरमा आयोजित स्वस्तिक प्रिमियर लिगको उपाधी बम र दिपेनको टीमलाई

२०७७ कार्तिक, २  
खेल विविध
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २, ललितपुर ।  महालक्ष्मी नगरपालिका–४ स्थित स्वस्तिक खेलकुद क्लबले आयोजना गरेको ब्याडमिण्टन प्रतियोगिता ‘स्वस्तिक प्रिमियर लिग’को उपाधी बमबहादुर थापा र दिपेन राईको टीमले जितेको छ । 

नौ  ओटा टीम सहभागी भएको लिगमा समुह ‘क’को बिजेता बम र दिपेनको टीमले र समूह ‘ख’को विजेता जेबी विश्वकर्मा र प्रेम पन्तको टीम बीच प्रतिस्पर्धा भएको थियो । तेस्रो स्थानका लागि विवश राई र राजेन्द्र राईको टीमले  दिनेश थापा र दिनेश भट्टराईलाई पराजित गरेको थियो । 

दसैं, तिहार, छठ र नेपाल सम्वतजस्ता चाडपर्वको अवसर पारी आयोजना गरिएको लिगमा विजेता र सहभागी टीमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्दै महालक्ष्मी नगरपालिका वडा नं ४ का अध्यक्ष लक्ष्मण रोकाले स्वस्तिक टोल विकास संस्थाका र स्वस्तिक खेलकद क्लबले स्थानीय भौतिक र सामाजिक विकासका क्षेत्रमा गरेका कामको प्रसंशा गरे ।

समापन कार्यक्रमका प्रमुख अतिथि रोकाले भने, ‘सशक्तरुपमा क्रियाशील क्लब र संघसंस्थासँग स्थानीय सरकार निरन्तररुपमा सहकार्य गर्दै अगाडि बढ्नेछ । आगामी दिनमा स्वस्तिक खेलकुद क्लबका साथसाथै सामाजिक संघसंस्थासँग स्थानीय सरकारको सहकार्य निरन्तरले निरन्तरता पाउनेछ ।’ 

त्यस्तै वडा नं ५ का वडाअध्यक्ष राजकुमार सिलवालले समाजमा खेलकुद क्षेत्रको विकासका लागि स्वस्तिक खेलकुद क्लबले गरेको कामको प्रसंशा गर्दै आगामी दिनमा थप सहकार्य गर्दै अगाडि बढ्ने कुरा व्यक्त गरे । स्वस्तिक टोल विकास संस्थाका अध्यक्ष प्रेम पन्तले भने, ‘हामी टोलको भौतिक पूर्वाधार, सामाजिक क्षेत्रका साथै खेल क्षेत्रको विकासका लागि निरन्तर लागिरहेका छौं, आगामी दिनमा थप उर्जाका साथ अगाडि बढ्नेछौं ।’  

कोरोना महामारीका कारण स्वस्तिक खेलकुद क्लबमा आबद्ध खेलाडीहरुलाई मात्रै समावेश गरी ब्याडमिण्टन लिगको आयोजना गरिएको थियो । आवश्यक स्वास्थ्य सतर्कताका साथै भौतिक दुरीलाई कायम राख्दै लिगको समापन कार्यक्रम आयोजना गरिएको थियो ।

सामाजिक सम्बन्धको विकास, सद्भाव र एकताका लागि असहज परिस्थितिमा पनि स्वस्तिक प्रिमियर लिगको अयोजना गरिएको स्वस्तिक खेलकुद क्लबका अध्यक्ष जेबी विश्वकर्माले बताए । उनले भने, ‘क्लबले खेलकुद क्षेत्रका साथै अन्य रचनात्मक क्रियाकलाप गरी उन्नत समाज निर्माणका लागि क्लब क्रियाशील रहनेछ ।’
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्