ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भदौरे भिरमा स्कारपिओ दुर्घटना हुँदा  ५ जनाको मृत्यु    

२०७७ कार्तिक, २  
प्रदेश ०१
Image Not Found

कात्तिक २, ओखलढुंगा । ओखलढुंगा र उदयपुरको सिमानामा पर्ने भदौरे भिरमा स्कारपिओ दुर्घटना हुँदा ओखलढुंगाका दुई जनासहित पाँच जनाको मृत्यु भएको छ ।

भैरहवाबाट ओखलढुंगातर्फ आउँदै गरेको बा २० च ७१७१ नंको स्कारपियो राति १ बजे सिद्धिचरण लोकमार्गमा अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरे भिरमा दुर्घटना भएको हो ।     
     
दुर्घटनामा पाँच जानको घटनास्थलमै मृत्यु भएको उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।उनका अनुसार मृतकमध्ये ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरका ४५ वर्षीय रामबहादुर सार्की र सोही ठाउँकै २६ वर्षीय कर्मे सार्कीको पहिचान खुलेको छ । बाँकी दुई पुरुष र एक महिलाको पहिचान खुलेको छैन ।     
     
रिजर्भ गरेर गाउँ आएको हुनाले पहिचान नखुलेका अन्य तीन जना मृतक पनि ओखलढुंगाकै हुनसक्ने प्रहरीको अनुमान छ । अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै छ । दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।     
     
प्रहरीले राति ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । गाडी सडकबाट करीब एक किलोमिटर मिटर तल खसेको छ । उनीहरु सबै जना भारतबाट दसैं मनाउन घरतर्फ आउने क्रममा भैरहवा क्वारेन्टाइनमा बसेर गाडी रिर्जभ गरी आएको बुझिएको छ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्