ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

८.०२ अंक घट्यो नेप्से, ४६ करोड ७७ लाख बराबरको शेयर खरीदविक्री

२०७७ कार्तिक, २  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक करोबार भएको एक घण्टामा ८ दशमलव शून्य २ अंक घटेर १ हजार ५५४ दशमलव ४४ विन्दुमा पुगेको छ ।

उक्त अवधिमा १५८ ओटा कम्पनीको रू. ४६ करोड ७७ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

सबैभन्दा बढी जनरल इन्स्योरेन्स कम्पनी नेपालको शेयर मूल्य ९ दशमलव ७८ प्रतिशत बढेको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४०४ पुगेको हो ।
उक्त अवधिमा सबैभन्दा बढी हिमालयन बैंकको संस्थापक शेयरको कारोबार भएको छ ।

कम्पनीको रू. २४ करोड ४५ लाख बरावरको शेयर कारोबार भएको हो । कारोबारमा अएका १२ ओटा समुहमध्ये उत्पादन तथा प्रशोधन समुहको परिसूचक शून्य दशमलव १९ प्रतिशत बढेको छ भने बाँकी समुहको परिसूचक घटेसँगै नेप्से घटेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्