ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९.७८ % वृद्धि

२०७७ कार्तिक, २  
लगानी नेप्से विश्लेषण
NA
author avatar अभियान संवाददाता

कात्तिक २, काठमाडौं । शेयर कारोबार भएको तेस्रो दिन जनरल इन्स्योरेन्स कम्पनी नेपालको शेयर मूल्य ९ दशमलव ७८ प्रतिशत वृद्धि भएको छ । 

साताको पहिलो कारोबार दिन आइतवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४०४ पुगेको हो ।

अघिल्लो कारोबार  दिनमा उक्त कम्पनीको शेयर मूल्य रू. ३७५ मा बन्द भएको थियो । कम्पनीको शेयर मूल्य कारोबार भएको पहिलो दिनदेखिनै ९ प्रतिशतका दरले वृद्धि भएको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएसँगै शेयर मूल्य वृद्धि भएको हो ।

यो समाचार पार्दाको समय आइतवार अपरान्ह १२ : ५० सम्ममा मार्केट डेप्थमा कम्पनीको शेयर खरीद अर्डरमा ७ लाख ४५ हजार रहेको छ भने विक्री अर्डर एउटा पनि छैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्