ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

३.५५ अंक घट्यो नेप्से, कारोबार रकम ८८ करोडभन्दा बढी (२ बजेको अपडेट)

२०७७ कार्तिक, २  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २, काठमाडौं । आइतवार तेस्रो घण्टाको कारोबार अवधिसम्म नेप्से परिसुचक ३ दशमलव ५५ अंकले घटेर १ हजार ५५८ दशमलव ९१ विन्दुमा झरेको छ । उता, सेन्सेटिभ इन्डेक्स १ दशमलव २० अंक घटेर ३०८ दशमलव ८८ विन्दुमा झरेको छ ।

तेस्रो घण्टामा आइतवार १८६ ओटा कम्पनीको ११ हजार ३२८ पटकको व्यापारमा रू. ८८ करोड ५५ लाख १९ हजार बराबरको ३१ लाख ४३ हजार ६१० कित्ता शेयर कारोबार भएको छ ।

यो दिन हिमालयन बैंकको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २४ करोड ४५ लाख ५१ हजार ६०० बराबरको शेयर कारोबार भएको हो । 

यो अवधिसम्म सर्वाधिक मूल्य जनरल इन्स्योरेन्स कम्पनीको ९ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ भने रैराङ हाइड्रोको सर्वाधिक ८ दशमलव ५४ प्रतिशत घटेको छ ।

 

 तेस्रो घण्टाको कारोबार अवधिसम्म होटलको शून्य दशमलव ३४ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ४७ प्रतिशत र अन्य समुहको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्