ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

खसी, बोका, भेंडा, च्याङ्ग्रा : रातो हैन, हरियो रंग लगाएका खरीद गरौं       

२०७७ कार्तिक, २  
स्वास्थ्य र जीवन शैली
Image Not Found

कात्तिक २, काठमाडौं । काठमाडौं महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरीद गर्न आग्रह गरेको छ । बडादसैंका लागि काठमाडौं ल्याइएका निरोग खसी—बोका तथा भेंडा—च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको छ ।     

कामपा पशु सेवा विभागले मासुका लागि चौपाया विक्रीवितरण हुने स्थानमा पुगी दसैंका लागि विक्रीका लागि राखिएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरोे आए/  नआएको, नाकबाट सिँगान बगे/ नबगेको, झोक्राएको/ नझोक्राएको, पातलो दिसा भए/ नभएको, चोटपटक भए/ नभएको जस्ता सामान्य स्वास्थ्यावस्थाका विषयमा पशु चिकित्सकले परीक्षण गरेपछि सिङमा रङ लगाउन थालेको छ ।     

ती चौपायाको स्वास्थ्य जाँचका लागि महानगरबाट शनिवारदेखि महाष्टमीसम्म तीन टोली परिचालन भएका छन् । माछामासुजन्य खाद्यवस्तु तथा दूध र दुग्धजन्य खाद्यवस्तुको नमूना सङ्कलन गर्ने र प्रयोगशालामा परीक्षण गरेर यसको स्वच्छता कायम गराउने काम बजार निरीक्षणका क्रममा हेरिनेछ ।     

चौपाया खरीदविक्री प्रालिका अध्यक्ष जनककुमार खड्काका अनुसार काठमाडौंमा ६० हजार खसीबोकाको माग भयो भने पूरा गराउन सकिन्छ । चौपाया ल्याउन सकिने अवस्था छ । ल्याएर विक्री हुन्छ कि हुँदैन भन्न सकिने अवस्था छैन ।

काठमाडौंकोे ठूलो खसी बजार भनेको कलंकी हो । बन्दाबन्दीपूर्व सो बजारमा कक्ष लिएर व्यापार गर्ने २९ जना व्यापारी थिए । कोरोनाका कारण तीमध्ये १६ जना व्यवसायीले व्यापार छाडे ।     

कामपाका कलंकी र टुकुचामा खसी बजार छ । यसै गरी बडादसैंका बेला काठमाडौंकै आकाशेधारा, कपन, चाल्नाखेल र चन्द्रागिरि, भक्तपुरका लोकन्थली र सल्लाघारी तथा ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ । स्वच्छ मासुका लागि काठमाडौं भित्रिने नाका नागढुंगा, दक्षिणकाली, बालाजु र साँगामा चौपायामाथि निगरानी बढाउने गरिन्छ । 

काठमाडौं ल्याइने च्याङ्ग्राहरुको संकलन मुस्ताङको कोरला नाकामा हुने भएकाले सो क्षेत्रमा पनि विशेष निगरानी बढाउने गरिन्छ । काठमाडौं चौपाया खरीदविक्री प्रालिले यसपटक दसैंमा करीब ४० हजार चौपाया खपत हुने अनुमान गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्