ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

माछापुच्छ्रे बैंकद्वारा अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव 

२०७७ कार्तिक, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २, काठमाडौं । माछापुच्छ्रे बैंकले शेयरधनीलाई अन्तरिम लाभांश वितरण गर्ने भएको छ ।  

कम्पनीले साधारण सभा स्थगित गरेसँगै अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले २ दशमलव ८५ प्रतिशतले हुन आउने रू. २४ करोड १० लाख ८० हजार ६६० दशमलव २५ अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कोरोना महामारीको कारण शेयरधनीलाई परेको आर्थिक प्रभाव र चाडपर्व समेतलाई मध्यनजर गरी अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले सूचनामार्फत बताएको छ ।

 नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि कम्पनीले अन्तरिम लाभांश वितरण गर्नेछ । यसरी वितरण गर्ने लाभांशपछि हुने साधारण सभाले अनुमोदन गर्ने पनि कम्पनीले बताएको छ ।

कम्पनीले कात्तिक ६ गते साधारण सभा गर्ने भनेकोमा कोरोना महामारी बढ्दै गएको भन्दै साधारण सभा स्थगित गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्