ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिटिजन लाइफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश

२०७७ कार्तिक, २  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाकालको तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ ।

विश्वासिलोे र ग्राहकको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यका साथ अगाडि बढेको भन्दै कम्पनीले सफलताको तेश्रो वर्ष पुरा भएकोमा नियमनकारी निकायहरु, ग्राहकवर्ग, शेयरधनी महानुभावहरू, अभिकर्ता, कर्मचारी तथा सञ्चारकर्मी एवम् सम्पूर्ण शुभचिन्तकहरुप्रति कृतज्ञता व्यक्त गरेको छ । साथै कम्पनीले आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको बताएको छ ।

अहिलेको विषम परिस्थितिसँग लड्दै अगाडि बढ्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा नयाँ म्यास्कोट ‘सिटिम्यान’लाई ग्राहकहरुसमक्ष ल्याएको बताएको छ ।

 कम्पनीले भनेको छ, ‘सुरक्षा प्रदान गर्नको लागि हरेक पल तयार सिटिम्यानले ग्राहकको चाहना र माग अनुरुपको नवीनतम सेवा र सुरक्षा प्रदान गर्नेछ । हसिलो मुहार भएको यस सिटिम्यानको हातमा भएको छाताले ग्राहकहरुले बीमा मार्फत प्राप्त गर्नहुने विभिन्न सुरक्षाहरुको प्रतीकात्मक अर्थ बोकेको छ ।’

साथै कम्पनीले नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्