ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुग्यो

२०७७ कार्तिक, २  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २, काठमाडौं । नेपालमा आइतवार थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतवारसम्ममा सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९२ हजार १६६जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ७३९ जनाको मृत्यु पुष्टि भएको छ ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ४ हजार ८३१ जना रहेका छन् । विगत २४ घण्टामा २ हजार ३२६ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । 

मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ३९ हजार ३४१ जना रहेका छन् ।  त्यस्तै हालसम्म १२ लाख ८३ हजार ३५४ ओटा पीसीआर परीक्षण भइसकेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ८७५ जनाको पीसीआर परीक्षण गरिएको छ। 

विगत २४ घण्टामा थपिएका संक्रमित मध्ये १ हजार ६९८ जना काठमाडौं उपत्यकाका रहेको मन्त्रालयले बताएको छ ।

यसैवीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ गतेबाट लागू हुनेगरी अब कोभिड– १९ को परीक्षण तथा उपचार खर्च स्वयं संक्रमितले नै व्यहोर्नुपर्ने बताएको छ  ।


प्रवक्ता गौतमले आर्थिक रुपले विपन्न, असक्त, अपांग, एकल महिला, जेष्ठ नागरिक, अंग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी तथा जोखिमपुर्ण कार्यमा खटिने कर्मचारी तथा असहय अवस्थामा रहेका व्यक्तिहरुलाई लक्षण देखिएमा परीक्षण तथा उपचार भने नि ःशुल्क गरिनेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्