ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पर्यटन प्रवर्द्धन गर्न वायुसेवा निगम र पर्यटन बोर्ड बीच सम्झौता

२०७७ कार्तिक, २  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २, काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्ड बीच नेपालको पर्यटन प्रवर्द्धन गर्ने सम्बन्धमा सहकार्य गर्नेगरी आइतवार सम्झौता भएको छ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच भएको उक्त सम्झौताले हाल कोभिड–१९ को महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्र प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने निगमले प्रेस विज्ञप्तिमार्फत बताएको छ ।

निगमले विगतदेखि नै नेपालमा बिदेशी पर्यटकहरु ल्याउनमा अग्रणी भूमिका खेल्दै आएकोमा यी दुई संस्थाबीचको सहकार्यले अझ थप हौसला प्रदान गरेको  पनि बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्