ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

समस्यामा ब्रामे

२०७७ कार्तिक, ३  
१० वर्ष अघि
NA

ब्रामे अर्थात् कुनै बैंकको ब्रान्च मेनेजर । ठ्याक्कै नेपाली नाममै भन्नुपर्दा शाखा प्रबन्धक । दिनदिनै बैंकका नयाँ शाखा खुल्दैछन् । अहिले क वर्गका बैंकका शाखा संख्या नै सात सय नाघेको छ । त्यसैले यी ब्रामे भनिने जातको माग पनि बढ्दो छ । तर, माग भए अनुसार आपूर्ति भएको छैन । र यिनको भाउ चढेको चढ्यै छ ।
बैंंकहरूलाई तरलताको व्यवस्था गर्न जति गाह्रो हुँदै गइरहेको छ त्यति नै गाह्रो यो ब्रामे भन्ने जीव भेट्टाउन पनि  ।

बैंकको समग्र मर्यादाक्रममा ब्रामे दोस्रो–तेस्रो वा पाँचौं सातांै वरीयतामा जहाँ परे पनि जिम्मेवारीको हिसाबले एउटा सिंगो संस्था नै चलाए जति नै काम गर्नुपर्छ । शाखामा हुने कारोबार राम्रो ढंगले चलाउनु त छँदैछ । त्यहाँ आइपर्ने हरेक प्रकारका चुनौती त्यही ब्रामेकै टाउकोमाथि पर्छ । कुनै ब्रामेले ग्राहकले जम्मा गरेको पैसामाथि ¥याल काढेर केही गडबडी ग¥यो भने सम्बन्धित बैंकको साख चेट हुन्छ । बैंकको उच्च व्यवस्थापनको पनि विश्वास पात्र हुनैपर्ने यो ब्रामे चानचुन पद चाहिँ होइन ।

तर आजकल ब्रामे समस्यामा परेको छ । उसले थुप्रै देखिने नदेखिने, सुनिने नसुनिने कोणहरूबाट घेरिएर चुनौतीहरूका बीच काम गर्नुपरिरहेको छ । पहिलो उसले ग्राहकका असंख्य प्रश्नहरूको जवाफ दिनुपरिरहेको छ । माओवादी स्वरोजगार कार्यक्रमले तोकेको विनाधितो २–३ लाख र ऋण किन नदिएको ? पहिला पहिला जस्तै भने जति र भनेको ठाउँमा ऋण किन नदिएको आदि ।                

(तीतोमीठोबाट)
यदा वर्ष ५, अंक ३३, २०६७, वैशाख ६–१२

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्