ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मुस्ताङबाट च्यांग्रा नल्याइने

२०७७ कार्तिक, ३  
बजार
NA

काठमाडौं । दशैंमा खसीबोका तथा च्यांग्राको विक्री वितरण गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्यांग्रा विक्री नगर्ने भएको छ । मुस्ताङबाट एक हजार च्यांग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य पर्ने भएपछि नल्याउने निर्णय गरेको हो ।

बजार मूल्य नियन्त्रण गर्न कम्पनीले दशैंमा खसीबोका तथा च्यांग्राको विक्री वितरण गर्दै आएको थियो । यस वर्ष खसीबोका मात्र विक्री गरिने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । कोरोना संक्रमणका कारण यस वर्ष तिब्बतबाट च्यांग्रा मुस्ताङ ल्याउन नसकिएको उनको भनाइ छ । कम्पनीले दाङ र मकवानपुरबाट खसीबोका ल्याएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्