ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनएमबी बैंकका ग्राहकलाई सामसुङ मोबाइल खरिदमा विशेष छुट

२०७७ कार्तिक, ३  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं । एनएमबी बैंकका ग्राहकले बैंकको कार्ड प्रयोग गरी सामसुङ मोबाईल किन्दा मेगा डिलअन्तर्गत विशेष छुट पाउने भएका छन् । यस सम्बन्धमा एनएमबी बैंक र आईएमएसबीच द्विपक्षीय समझदारी भएको छ ।

समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक–सेल्स र अपरेसन नारायण भुसालले हस्ताक्षर गरेका थिए ।

दसैंमा ग्राहकको नयाँ मोबाइल खरिद गर्ने चाहना साकार होस् भन्ने उद्देश्यले आईएमएसले यो अभियान सुरु गरेको हो । एनएमबी बैंक भिसा डेबिट र क्रेडिट कार्डका साथ दसैं महाअफरअन्तर्गत ग्राहकले सामसुङ मोबाइलको प्रत्येक खरिदमा १० प्रतिशत छुट वा  १ हजार रुपैयाँसम्म नगद फिर्ता पाउन सक्नेछन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्