ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एभरेस्ट बैंक र पाँचखाल नगरपालिकाबीच कृषि ऋण सम्झौता

२०७७ कार्तिक, ३  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एभरेस्ट बैंकले काभ्रेको पाँचखाल नगरपालिकासँग कृषकलाई कृषि ऋण प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । एभरेस्टको २५ औं वार्षिकोत्सव अवसरमा बैंकको केन्द्रीय कार्यालयमा असोज ३० मा सम्पन्न कार्यक्रममा दुई पक्षबीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअन्तर्गत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसार पाँचखाल नगरपालिकाका कृषकहरूलाई सहुलियतपूर्ण ब्याजदरमा कृषि ऋण उपलब्ध गराउनेछ ।  

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्