ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नयाँ होन्डा सीआर–भी लन्च

२०७७ कार्तिक, ३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले नेपाली बजारमा आईडीटेक इन्जिनयुक्त नयाँ होन्डा सीआर–भी २०२० लन्च गरेको छ । नयाँ होन्डा स्टाइल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी परिस्कृत गरिएको कम्पनीले बताएको छ ।

‘एडभान्स, एनरजेटिक एन्ड स्मार्ट’ को ग्रान्ड कन्सेप्टमा निर्मित ५ औं जनरेसनको होन्डा सीआर–भी २०२० मा हाई–टेक्नोलोजीयुक्त एक्स्टेरियर र इन्टेरियर सुविधाले ग्राहकको ध्यानाकर्षित गर्ने अपेक्षा कम्पनीको छ ।

आफ्नो सेग्मेन्टमा सर्वाधिक २१० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यस कारमा एड्भान्स इन्टिगे्रटेड एलईडी हेड ल्याम्प, इनलाइन एलईडी फगल्याम्प्स, फ्रन्ट पार्किङ सेन्सर, पुस बटन गियर सिस्टम छ ।

कारमा प्यानोरोमा सनरुफ, स्मार्ट किलेस इन्ट्री, प्याडल सिप्mटिङ गियर, ८ प्रकारको पावर ड्राइभिङ सिट, ४ प्रकारको लम्बर सपोर्ट सिट पनि रहेको छ ।
उच्चस्तरीय लेदर तथा ऊडन फिनिस क्याबिनका साथै ७ जनासम्म प्यासेन्जर बस्न सकिने सुविधा पनि यो कारमा छ ।

९ स्पिड सीभीटीसहित १.६ आईडीटेक टर्बो इन्जिनयुक्त र अफ रोडिङ अनि सिटी ड्राइभ दुवैका लागि पावर र पर्फमेन्सयुक्त होन्डा सीआर–भीले नेपाली सडकमा असली एसयूभीको आन्नद लिन चाहने ग्राहकको मन जित्न सफल हुने अपेक्षा कम्पनीको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्