ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाली बजारमा लन्च हुँदै विद्युतीय गाडी निसान लिफ

२०७७ कार्तिक, ३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि निसान मोटर्सको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले निसानको सर्वाधिक प्रतीक्षित ईभी निशान लिफ नेपालमा लन्च गर्ने घोषणा गरेको छ । विद्युतीय सवारीमा विद्यमान करलाई वृद्धि गरिएपछि सो गाडीको लन्च कार्यक्रम पूर्वनिर्धारित समयमा हुन सकेको थिएन ।

सरकारले विद्युतीय सवारीको करलाई पुनरावलोकन गर्ने व्यवस्था गरेकाले निसानको ‘लिफ’ गाडी २०२१ अप्रिलमा लन्च हुने भएको छ । निसान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडी हो भने यो गाडी बजारमा ग्लोबल लिडर पनि बनिसकेको कम्पनीले जनाएको छ ।

निसान लिफ कम्पनीको विद्युतीय गाडीमा सबैभन्दा उन्नत कार हो । निसान लिफ संसारभर २,५०,००० भन्दा बढी बिक्री भइसकेको छ ।

पहिलो निसान लिफ २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो । उन्नत फिचर र उत्कृष्ट लुक भएको निसान लिफ विश्वव्यापी धेरै बिक्री हुने सवारीको रुपमा परिचित रहेको कम्पनीले दाबी गरेको छ । अधिक हर्षपावर र टर्कसहित आउने निसान लिफमा उन्नत टेक्नोलोजी र फिचर छन् । ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक ई–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्