ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाली अर्थोडक्स चियाको टे«डमार्क कार्यान्वयनमा समस्या

२०७७ कार्तिक, ३  
प्रदेश ०१
NA

इलाम । दुई हप्ताअघि इलामको सूर्योदय नगरपालिकामा तामझामका साथ यहाँका चिया उद्योगलाई चियाको व्यापार चिह्न (ट्रेडमार्क) प्रदान गरियो । ३ वर्षअघि सरकारले जारी गरेको अर्थोडक्स चियाको ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालय’ नामक व्यापार चिह्न प्रदान गरिएको थियो ।

व्यापार चिह्न जारी भएको तीन वर्षपछि ट्रेडमार्क पाउनु एक किसिमले उपलब्धि पनि हो । उद्योगीले ट्रेडमार्क पाएपछि अब अन्तरराष्ट्रिय बजारमा ट्रेडमार्क लगाएर चिया पठाउँदा समस्या छैन । तर विदेशमा नेपाली चियाको ब्राण्ड चिनाउन सम्बन्धित मुलुकमा दर्ता गरेर स्वीकृति पाएपछि मात्र कार्यान्वयनमा आउँछ, जुन प्रक्रिया निकै झन्झटिलो देखिन्छ ।

नेपालले भारत, अमेरिका र युरोपियन युनियन (ईयू)मा दर्ताका लागि पठाएको २ वर्ष बित्तिसक्दासमेत प्रतिक्रिया आएको छैन । नेपालबाट ठूलो परिमाणमा चिया जाने देशबाटै स्वीकृति नआउँदा लोगो कार्यान्वयन सहज नभएको केन्द्रीय चिया सहकारी संघका महासचिव रवीन राईको भनाइ छ । ‘जुन जुन देशमा चिया जान्छ, ती देशमा लोगोको बारेमा जानकारी गराउनुपर्छ,’ उनले भने, ‘कार्यान्वयन अत्यन्तै गाह्रो हुन्छ । वकिलहरूमार्फत समन्वय गरेर दर्ता गर्नुपर्छ, सहज छैन ।’

उनका अनुसार अहिले उद्योगले लोगो लगाएर पठाए पनि अन्तरराष्ट्रिय बजारमा नेपाली ट्रेडमार्कको बारेमा खासै जानकारी छैन । चियाको लोगोको जानकारी गराउन सोही देशमा दर्ता गर्ने र स्वीकृति लिएपछि पठाउने प्रक्रिया छ । यसैले अन्तरराष्ट्रिय बजारमा जानकारी गराउन प्रवद्र्धनका कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ ।

चियाको ट्रेडमार्क कार्यान्वयन गराउन उद्योगले सर्वप्रथम सरकारबाट ट्रेडमार्क पाउनु पर्छ । निश्चित प्रक्रिया पुगेपछि मात्र उद्योगले लोगो पाउँछन् । लामो र झन्झटिलो प्रक्रिया भएकाले धेरै उद्योगले लोगो नपाउने र कार्यान्वयन हुने सम्भावना कम रहेको महासचिव राईको भनाइ छ ।

सरकारले नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४ निर्माण गरेर नै कार्यान्वयन प्रक्रिया थालेको हो । तर अहिलेसम्म विदेशमा लोगो दर्ता गर्ने र उद्योगीलाई लोगो दिने बाहेक अन्य काम भएको छैन ।     

यसले पनि लोगो कार्यान्वयन सहज नभएको हिमालयन अर्थोडक्स टी प्रोड्युसर्स एशोसिएशनका पूर्वअध्यक्ष एवं चिया उद्योगी उदय चापागाईंको भनाइ छ । ‘सरकारको भूमिका एकदमै बढी चाहिन्छ । यो तरिकाले ट्रेडमार्क कार्यान्वयन हुँदैन,’ उनले भने, ‘सरकारले चाहेको भए अहिलेसम्ममै लोगोको स्वीकृति भइसक्नुपथ्र्यो, तर कुनै देशबाट छैन ।’ चिया उद्योगीको संस्था हिमालयन अर्थाेडक्स टी प्रोड्युसर्स एशोसिएशन (होट्पा)ले ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयज’ लेखिएको ट्रेडमार्क तयार गरेर बोर्डमा पेश गरेको थियो ।

समितिले तयार पारेको शत्प्रतिशत मापदण्ड पूरा भएमा मात्र उद्योगले ट्रेडमार्क पाउँछन् । चियाको ट्रेडमार्क पाउन उद्योगीले सर्वप्रथम बोर्डमा निवेदन गर्नुपर्छ भने बोर्डले आवश्यकतानुसार स्थलगत अवलोकनपश्चात् ट्रेडमार्क दिन्छ । बोर्डको निर्देशिका बमोजिम चियाको लागो लिए पनि मापदण्ड उल्लंघन भए लोगो खोसिन समेत सक्छ ।    

निर्देशिकाविपरीत उद्योगले काम गरे पहिले विक्रेतालाई सचेत गराउने, त्यसपछि पनि नसुध्रिएमा मार्क प्रयोग भएको चिया बेच्न नदिने, विक्री भएको रकमको १० प्रतिशतसम्म जरिवाना गर्न सक्ने वा निश्चित अवधि खुलाई १ वर्षसम्म सदस्यता प्रयोग गर्न नदिने र भविष्यमा समेत सदस्य हुन नदिनेसम्मका प्रावधान निर्देशिकामा छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्