ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नाघ्यो        

२०७७ कार्तिक, ३  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक ३, नयाँ दिल्ली   । भारतमा सोमवार कोरोना भाइरस संक्रमितको संख्या ७५ लाख नाघेको छ ।

सोमवार बिहानसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख ५० हजार २७३ पुगेको छ । उक्त संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १४ हजार ६१० जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ ।     
     
 भारतमा गत २४ घण्टामा ५५ हजार ७२२ जनामा थप संक्रमण देखिएको र कोरोना संक्रमणको कारण ५७९ जनाको मृत्यु यहाँको परिवार तथा स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ । अझै पनि भारतभरी ७ लाख ७२ हजार ५५ व्यक्ति संक्रिय संक्रमित रहेका छन् ।

कोरोनाको संक्रमण देखा परेयता हालसम्म ६६ लाख ६३ हजार ६०८ जना संक्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन् । संक्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।     
     
भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्या अहिले ८ लाखभन्दा कम भएको छ । यसअघि नौ /१० लाख संक्रमितहरु रहने गरेकोमा केही यताबाट घटेर ८ लाखभन्दा कम भएको अधिकारीहरुले बताएका छन् ।     
     
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले गत शनिवार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता संक्रमित अवस्थामै रहेकाहरुको यो संख्या अहिलेसम्मकै कम हो ।     

कोरोनाको संक्रमण देखा परेयता भारतमा सोमवारसम्म ९ करोड ५० लाख ८३ हजार ९७६ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आईसीएमआर) ले जानकारी दिएको छ ।     
     
जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार कोरोना भाइरसको संक्रमणको कारण विश्वभरि हालसम्म ११ लाखभन्दा बढीको मृत्यु भएको छ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वमा ४ करोड भन्दाबढी मानिस संक्रमित भएका छन् ।  रासस /सिन्ह्वा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्