ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतको सुन आयात ५७ % घट्यो 

२०७७ कार्तिक, ३  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक ३, नयाँ दिल्ली (भारत) । भारतको सुन आयात ह्वात्तै घटेको छ । कोरोना भाइरसको महामारीबीच माग घटेसँगै चालू आर्थिक वर्षको पहिलो अर्धवार्षिक अवधिमा सुन आयात आधाभन्दा धेरैले घटेको हो । 

वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिल–सेप्टेम्बर अवधिमा ६ अर्ब ८० करोड डलर बराबरको सुन आयात भएको छ ।आयातको यो आकार गत आवको सोही अवधिको तुलनामा ५७ प्रतिशत कम हो । गत आवको सोही अवधिमा भने भारतमा १५ अर्ब ८० करोड डलर मूल्य बराबरको सुन आयात भएको थियो ।

समीक्षा अवधिमा चाँदीको आयात पनि ६३ दशमलव ४ प्रतितले घटेर ७३ करोड ३५ लाख ७० हजार डलरमा सिमित भएको तथ्यांकले देखाएको छ । सुन र चाँदीको आयातमा आएको कमीले बाँकी विश्वसँग भारतको व्यापार घाटामा उच्च संकुचन आएको छ । 

गत आवको सोही अवधिमा ८८ अर्ब ९२ करोड  डलर रहेको व्यापार घाटा चालू आवको  पहिलो अर्धवार्षिक अवधिमा घटेर २३ अर्ब ४४ करोड डलरमा समेटिएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्