ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चीनको अर्थतन्त्रमा पुनर्बहाली हुने क्रम जारी 

२०७७ कार्तिक, ३  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक ३, पेचिङ (चीन) । कोरोना भाइरसको महामारीबाट चीनको अर्थतन्त्र निरन्तर पुनर्बहाली भइरहेको पछिल्लो सरकारी तथ्यांकले देखाएको छ । 

गत वर्षको सोही अवधिको तुलनामा जुलाई –सेप्टेम्बर त्रैमासमा चीनको अर्थतन्त्र ४ दशमलव ९ प्रतिशतले बढेको छ । यो अर्थशास्त्रीहरुले गरेको अनुमान भन्दा चाहीं कम हो । 

समीक्षा अवधिमा चीनको अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले बढ्ने अर्थशास्त्रीहरुको प्रक्षेपण थियो । यस वर्षको शुरुमा महामारी शुरु हुँदाको तुलनामा पछिल्लो आर्थिक वृद्धिदर निकै धेरै हो । 

कोरोना महामारी नियन्त्रण गर्न लागू गरिएको बन्दाबन्दीका कारण यस वर्षको पहिलो त्रैमासमा चीनको अर्थतन्त्र ६ दशमलव ८ प्रतिशतले खुम्चिएको थियो । यो सन् १९९२ मा चीनले त्रैमासिक तथ्यांक राख्न थाले यताकै पहिलो संकुचन थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्