ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा रामहरी दाहाल निर्विरोध निर्वाचित

२०७७ कार्तिक, ३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ३, काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा रामहरी दाहाल चयन भएका छन् । 

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहाल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको संघका अध्यक्ष बसन्त लम्सालले बताए ।

संघको १४ औं साधारण सभामा उपाध्यक्ष पद रिक्त रहेकोले आगामी कार्यकालका लागि उपाध्यक्षमा दाहालका साथै कोषाध्यक्षमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थका भोज राज बस्याल, सदस्यहरुमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका प्रेम पाठक, समता लघुवित्त वित्तीय संस्थाका मदन घिमिरे  र गणपती लघुवित्त वित्तीय संस्थाका अच्युत सापकोटालाई चयन गरिएको संघले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्