ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चीनमा बनेका मोडल थ्री यूरोप निर्यात गर्दै टेस्ला

२०७७ कार्तिक, ३  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक ३, पेचिङ (चीन) । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला इंकले चीनमा बनाइएका मोडल थ्री कार यूरोप निर्यात गर्ने भएको छ । 

यसै महीनादेखि कम्पनीले १० भन्दा धेरै यूरोपेली देशहरुमा चीनमा बनाइएका मोडल थ्री नियात गर्न लागेको हो । 

अक्टोबरदेखि डिसेम्बरको बीचमा जर्मनी, फ्रान्स, इटली र स्वीटजरल्यान्ड लगायत देशहरुमा साङ्हाई कारखानामा बनेका सवारी साधन निर्यात गरिने कम्पनीले सोमवार एक विज्ञप्तिमा बताएको हो । 

अमेरिका र चीनबीच विवाद चर्किदै गएसँगै टेस्लाले चीनमा व्यवसाय विस्तार  गरिरहेको छ । शाङ्हाईस्थित कारखाना कम्पनीको अमेरिका बाहिर पहिलोे कारखाना हो । यसमा वर्षेनी १ लाख ५० हजार थान सवारी साधन बनाउने कम्पनीको लक्ष्य छ । 

चीन सरकारबाट उद्योगले पाउने सहयोग, नवप्रवर्तनशील स्थानीय कम्पनी र नयाँ प्रविधिहरु अपनाउने उपभोक्ताहरुका कारण चीन स्मार्ट विद्युतीय सवारी निर्माताको लागि उत्कृष्ट बजार भएको एक विज्ञप्तिमा टेस्लाले बताएको छ ।  एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्