ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जहाज किन्न सरकार जमानी

२०७७ कार्तिक, ४  
१० वर्ष अघि
NA

नेपाल वायु सेवा निगमले जहाज खरिद गर्दा सरकार सर्तसहित जमानी बस्ने भएको छ । अर्थमन्त्री सुरेन्द्र पाण्डे सर्तसहित जमानीमा बस्ने अडानमा रहेका छन् । त्यससम्बन्धी औपचारिक निर्णय अर्थ मन्त्रालयले आगामी साता सार्वजनिक गर्ने तयारी भएको छ ।

अर्थमन्त्री पाण्डे निगमको व्यवस्थापन सुधार  गर्नुपर्ने सर्त राखी यो सर्त पूरा हुने अवस्थामा सरकार विमान खरिदका लागि जमानी बस्न तयार हुनुपर्ने बताइरहेका छन् ।

अर्थ मन्त्रालयले त्यही आशयको निर्णय गरेको जानकारी अर्थमन्त्री पाण्डे निकट स्रोतले बतायो । स्रोतका अनुसार अर्थमन्त्री पाण्डेले पर्यटनमन्त्री शरदसिंह भण्डारीसँग समेत छलफल गरिसकेका छन् । मन्त्री भण्डारी जसरी पनि जहाज खरिद गर्नुपर्ने कुरालाई वकालत गर्दै आएका छन् । निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले अर्थ मन्त्रालयमा विचाराधीन विषयमा बोल्न राम्रो नहुने बताए । तर उनले आफूले जहाज खरिदमा जमानी बस्ने सकारात्मक संकेत पाएको पनि स्पष्ट पारे । ‘जहाज खरिद गर्नुपर्छ भन्नेमा कसैको असहमति छैन । व्यवस्थापनमा रहेका कमीकमजोरी हटाउने कुरा पनि जायज हो । त्यसका लागि सकेसम्म पहल गर्न निगम तयार छ,’ कंसाकारले अभियानसँग भने । अर्थ मन्त्रालयले हाल मन्त्रिपरिषद् कार्यालयका सचिव रहेका विमल वाग्लेको नेतृत्वमा निगमले जहाज खरिद  गर्दा सरकार जमानी बस्नु उचित हुने वा नहुने भन्नेबारेमा राय दिन समिति गठन गरेको थियो ।  

वर्ष ५, अंक ३४, २०६७, वैशाख १३–१९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्