ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

काठमाडौं उपत्यकाभित्र ११ स्थानमा यात्रु सहायता कक्ष

२०७७ कार्तिक, ४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदियन सहायता संस्थाद्वारा काठमाडौं महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा काठमाडौं जिल्लाभित्र ११ विभिन्न ठाउँमा यात्रु सहायता कक्ष व्यवस्था गरिएको छ ।

चाडपर्व र कोरोना प्रतिकूल स्थितिलाई दृष्टिगत गरेर बल्खु, गोंगबु बसपार्क, फर्पिङ, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सुन्धारा, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष सुरु भएको हो । गोंगबु बसपार्कमा आयोजित हस्तान्तरण कार्यक्रममा सिप्रदियन सहायता संस्थाका रजत श्रेष्ठ, टाटा मोटर्स कमर्सियल गाडीका सुरज सिंह, यातायात व्यवस्था विभागका केशव जम्मरकट्टेल,  महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरीका कर्मचारी प्रतिनिधि उपस्थित थिए ।

कार्यक्रममा सहायता कक्षका साथै हरेक कक्षमा उपस्थित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा नेपाल प्रहरीका कर्मचारीलाई स्यानिटाइजर, मास्क, फेस भाइजर, डिसिन्फेक्टेन्ट हस्तान्तरण गरिएको थियो ।

महामारीका कारण यस वर्ष दसैं मनाउन उपत्यका छाड्ने यात्रु संख्या कम हुने अनुमान गरिए पनि जाने यात्रुहरूले टिकट बुकिङका क्रममा विभिन्न खालका समस्या भोग्नु नपरोस् भनेर यो सहायता कक्ष राखिएको हो । साथै, एउटै सिटको टिकट धेरैलाई बिक्री गर्ने र बस कर्मचारीबाट अनुचित व्यवहार भोग्नुपर्नेजस्ता समस्या सहायता कक्ष स्थापना गरिएपछि हट्नेछन् । यात्रु सहायता कक्षले निश्चित टिकट दरबारे जानकारी उपलब्ध गराउने र गुनासो सुन्नेछन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्