ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जंगल सफारी खुला भयो शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा     

२०७७ कार्तिक, ४  
सुदूरपश्चिम प्रदेश
Image Not Found

कात्तिक ४, कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी र जंगल वाक खुला गरिएको छ ।     
     
निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना गर्ने गरी जंगल सफारी र जंगल वाकका लागि निकुञ्ज खुला गरिएको बताएको छ ।     
     
निकुञ्ज प्रवेश गर्दा अनिवार्यरूपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र एकापसमा भौतिक दूरी कायम गर्नुपर्ने नियम लागू गरिएको छ । जंगल सफारी तथा जंगल वाकमा जाँदा अनिवार्यरूपमा नेचरगाइड साथमा हुनुपर्ने छ । निकुञ्ज कार्यालयले तोकेको रुटमा मात्र जंगल ड्राइभ र जंगल वाक गर्न पाइने बताइएको छ ।     
     
निकुञ्जभित्र हुने ¥याफटिङ, हात्ती सफारी, फिसिङ र क्याम्पिङ पर्यटकका लागि खुला नगरिएको जारी सूचनामा जनाइएको छ । निकुञ्जमा जंगल सफारी र जंगल वाकमा जाने पर्यटकले राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ र नियमावली २०३० को पूर्णपालना गर्नुपर्ने छ ।

निकुञ्ज कार्यालयसँग सहमति लिएर मात्रै निकुञ्ज प्रवेश दिइने छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशमा गत चैत महीनादेखि निषेध गरिएको थियो । निकुञ्ज प्रवेश बन्द हँुदा पर्यटकीय गतिविधि शून्य रहेको थियो ।     
     
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आव २०७६÷७७ मा १ हजार ७७५ जना पर्यटकले भ्रमण गरेका थिए । यो संख्या अघिल्लो वर्षको तुलनामा ४ हजार २९४ ले कमी हो । आव २०७५÷७६ मा ६ हजार ६९ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । कोरोना महामारीको संक्रमण र जोखिमका कारण पर्यटकीय गतिविधिमा कमी आएको निकुञ्ज कार्यालयका कर्मचारीको भनाइ छ ।     
     
निकुञ्जमा संरक्षित क्षेत्रकै सबैभन्दा ठूलो घाँसेमैदान, बाह्रसिङ्गाको ठूलो बथान, थोरै क्षेत्रफलमा धेरै पाटेबाघ रहेका छन् । निकुञ्जका यिनै जनावार र प्राकृतिक सौन्दर्यता हेर्नका लागि पर्यटक यहाँ आउने गर्दछन् । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्