ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले  एकै दिन विक्री गर्‍यो ५४० ओटा खसीबोका        

२०७७ कार्तिक, ४  
समाचार
Image Not Found

कात्तिक ४, काठमाडौं । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै विक्री भएको छ ।

यस वर्ष बडादसैंमा १ हजार खसी तथा बोका विक्री गर्ने तयारी रहेकामा एकै दिन सोमवारनै ५४० ओटा विक्री भइसकेको कम्पनीले बताएको छ ।     

सोमवार आएका ६०५ ओटा खसीबोकामध्ये बाँकी भएका ६५ र मंगलवार बिहान आएका १०० गरी १६५ खसीबोका बिहान नै विक्री भइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए । उनका अनुसार थप २९५ ओटा खसीबोका आउने क्रममा छन् ।     

हेटौंडा र दाङबाट थप खसीबोका मंगलवार साँझसम्म आउने क्रममा रहेको कम्पनीले बताएको छ । एकै दिनमा अनुमान गरेभन्दा धेरै खसीबोका विक्री भएपछि  मंगलवार अपराह्न खसीबोका विक्री नहुने बताइएको छ ।     

कोरोना भाइरस संक्रमणका कारण गत वर्षका तुलनामा यस वर्ष विक्रीमा कमी आउने अनुमान गर्दै कम्पनीले १ / १ हजार खसीबोका तथा च्याङ्ग्रा विक्री गर्ने तयारी गरेको थियो । तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा नै महँगो भएपछि खसीबोका मात्र विक्री गरिएको थियो ।     

अनुमान गरेभन्दा धेरै खसीबोका विक्री भएपछि थप खरीदका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अपराह्न छलफल हुने कम्पनीले बताएको छ । हेटौंडा वरपर खसीबोका सकिएको र थप खरीद गर्न नसक्ने जानकारी आएकोसमेत कम्पनीले बताएको छ ।

कम्पनीले प्रतिकिलो रू.१० छूट दिएर रू. ५५० मा खसीबोका विक्री गरेको छ । निजी क्षेत्रका खसी व्यवसायीले प्रतिकिलो रू. ६०० देखि ६५० सम्म विक्री गरेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्