ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३ ओटा कम्पनीको साधारण सभा बुधवार हुँदै

२०७७ कार्तिक, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ४, काठमाडौं ।  तीन ओटा कम्पनीको साधारण सभा बुधवार हुने भएको छ । 

गोर्खाज फाइनान्स, एनआइबिएल एस क्यापिटल र नेपाल ल्यूब आयलले साधारण सभा गर्न लागेका हुन् । गोर्खाज फाइनान्सले होटल क्राउन ईम्पेरियल सोल्टीमोड, काठमाडौंमा आयोजना गर्न लागेको हो । 

कम्पनीले साधारण सभा बिहान ११ बजे गर्ने जानकारी दिएको छ । सभाले कम्पनीको प्रबन्धपत्र नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई  अख्यितयारी दिने रहेको छ ।

 साथै उक्त कम्पनी र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौता गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ । 

त्यसैगरी एनआइबिएल एस क्यापिटलले क्यापिटलको सभाहल लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे साधारण सभा आयोजना गर्ने भएको छ । सभाले २२ दशमलव २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

नेपाल ल्यूब आयल कम्पनीले कम्पनीको कार्यालय झम्सिखेल ललितपुरमा साधारण सभा आयोजना गरेको छ । सभा बिहान ११ ः ३० बजे हुने कम्पनीले बताएको छ ।

उक्त सभाले ७ दशमलव शून्य ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । असोज २१ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्