ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दोस्रो घण्टामा ४९ करोडभन्दा बढीको शेयर कारोबार, अपि पावरको सबैभन्दा बढी 

२०७७ कार्तिक, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ४, काठमाडौं । मंगलवार कारोबारको दोस्रो घण्टामा रू. ४९ करोड ९ लाख ४९ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

यो अवधिमा १८२ ओटा कम्पनीको उक्त रकम बराबरको २० लाख ७१ हजार ७६२ कित्ता शेयर कारोबार भएको हो । दोस्रो घण्टामा सर्वाधिक रकमको शेयर कारोबार अपि पावर कम्पनी लिमिटेडको भएको छ ।

उक्त कम्पनीको दोस्रो घण्टामा रू. ४ करोड ५ लाख ६३ हजार बराबरको शेयर खरीदविक्री भएको हो । सर्वाधिक कारोबार गरेको अपि पावरको शेयरमूल्य पनि ६ दशमलव ३४ प्रतिशतले बढेको छ ।

दोस्रो घण्टाको कारोबारसम्म ७ दशमलव ४९ अंक बढेर १ हजार ५७७ दशमलव ८७ विन्दुमा पुगेको बजारमा जनरल इन्स्योरेन्स कम्पनी, हिमाल दोलखा हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । 

तीन ओटा कम्पनीमध्ये जनरल इन्स्योरेन्सको सर्वाधिक ९ दशमलव ९१ प्रतिशतले शेयरमूल्य बढेको हो । दोस्रो घण्टाको कारोबारमा सबै समुहगत परिसूचकहरु पनि बढेका छन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्