ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१०.८४ अंक बढ्यो नेप्से, ८१ करोड ९७ लाख बराबरको शेयर खरीदविक्री 

२०७७ कार्तिक, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ४, काठमाडौं ।  मंगलवार नेप्से परिसूचक कारोबार भएको तीन घण्टाको अवधिमा १० दशमलव ८४ अंक बढेर १ हजार ५८१ दशमलव २२ विन्दुमा पुगेको छ । उक्त अवधिमा १९० ओटा कम्पनीको रू. ८१ करोड ९७ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।

सबैभन्दा बढी जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशत वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४८८ पुगेको छ । कारोबारमा आएका १२ ओटा समुहको परिसूचक बढेसँगै नेप्से बढेको हो ।

सबैभन्दा बढी जलविद्युत् समुहको परिसुचक १ दशमलव ५३ प्रतिशत वृद्धि भएको छ । सर्वाधिक कारोबार भने अरुण काबेली हाइड्रोपावरको भएको छ ।उक्त कम्पनीको रू. ६ करोड ७० लाख बरावरको शेयर खरीदविक्री भएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्