ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा  लक्ष्यभन्दा १४ % कम राजस्व असुली 

२०७७ कार्तिक, ४  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ४, चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले असोज महीनामा राजस्व असुली १३ दशमलब ६३  प्रतिशत कम गरेको छ ।

कार्यालयका अनुसार सो महीनामा सबै शिर्षक गरी  रू.१ अर्ब ७३ करोड ९८ लाख ३२ हजार लक्ष्य लिइएकोमा रू.१ अर्ब ५० करोड २६ लाख २३ हजार मात्र राजस्व असुली भएको छ । 
कार्यालयका प्रमुख सुब प्रसाद रिजालले भदौ महीनामा भन्दा असोज महीनामा राजस्व संकलन सन्तोषजनक भएको बताए ।

‘साउन महीनामा लक्ष्यको शत प्रतिशत असुली गर्न सफल भयौं, भदौमा निशेधाज्ञाले ५० प्रतिशत मात्र संकलन भयो’, उनले भने, ‘असोजमा ७७ प्रतिशत जति पुगेको छ ।’ 

बन्दाबन्दी र निशेषधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प जस्तै भएपनि असोज महीनामा राजस्व असुली सन्तोषजनक नभएको उनले बताए । ‘असोज महीनाको राजस्व संकलनले अबको महीनामा बढ्ने संकेत दिएको छ’, रिजालले भने । 
 

सबैभन्दा बढी राजस्व असुली अन्त : शुल्कबाट 

कार्यालयले अन्त : शुल्क शिर्षकबाट लक्ष्य अनुरुप राजस्व असुल नगरेपनि सबै शिर्षकभन्दा बढी राजस्व असुल गरेको छ । कार्यालयका अनुसार असोज महीनामा रू.१ अर्ब ४८ करोड २५ लाख ४५ हजार लक्ष्य दिइएकोमा रू.१ अर्ब २१ करोड ३९ लाख ९८ हजार राजस्व संकलन भएको छ । सबैभन्दा कम शिक्षा सेवा शुल्क शिर्षकबाट रू.२ हजार राजस्व संकलन भएको छ ।

यसैगरी कार्यालयले मूल्य अभिवृद्धि कर, आयकर, ब्याजकरमा लक्ष्यभन्दा बढी राजस्व असुली  गरेको छ । जसअनुसार  मुल्य अभिवृद्धि कर शिर्षकमा रू.१० करोड ६ लाख ५३ हजार राजस्व असुली गर्ने लक्ष्य रहेता पनि उक्त महीनामा उक्त शिर्षकमा रू. १२ करोड ८७ लाख ८ हजार  असुली भएको छ । 

यसैगरी आयकरमा रू.१४ करोड ५८ लाख ७८ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकोमा असोज महीनामा रू.१४ करोड ८२ लाख ८१ हजार असुली भएको छ । ब्याजकरमा कार्यालयले रू.५६ लाख ३७ हजार असुली गर्ने लक्ष्य लिएकोमा रू.७५ लाख ९६ हजार संकलन भएको छ । 

यसैगरी बहालकरमा रू.३१ लाख ९८ हजार असुली गर्ने लक्ष्य रहेकोमा उक्त महीनामा रू.२८ लाख ५८ हजार असुली भएको छ । र स्वास्थ्य सेवा करमा रू.१४ लाख ५१ हजार संकलन गर्ने लक्ष्य लिएकोमा रू.११ लाख ८० हजार संकलन भएको छ । 

कार्यालयका सूचना अधिकारी कपिल नेपालले भदौ अगाडि भएको बन्दाबन्दी र भदौमा तीन हप्ताभन्दा बढी निशेषधाज्ञा भएका कारण बक्यौता असोज महीनामा सेवाग्राहीले तिर्न आएकोले आयकर, ब्याजकर र मूल्य अभिवृद्धि शिर्षकमा असोज महीनाको लक्ष्यभन्दा बढी राजस्व असुली भएको बताए ।

आर्थिक वर्ष ०७७/ ०७८ को लागि विभागले उक्त कार्यालयलाई रू.१८ अर्ब ९० करोड ९० लाख ४ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्